नेपाल र पपुवा न्यु गिनीबीचको खेल सुरु भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमनमा जारी त्रिकोणात्मक सिरिजमा अहिले नेपालले फिल्डिङ गरिरहेको छ ।

ओमानको अल अमेरत मैदानमा पीएनजीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गरिरहेको छ । ओमान र अमेरिकासँग विश्वकप लिग २ सिरिज खेल्ने ओमान पुगेको नेपालले त्यसअघि तयारी स्वरुप पीएनजीसँग दुई ओडीआई खेल्न लागेको हो ।

आसिफ शेख, कुशल भुर्तेल र विक्रम सोवले ओडीआईमा डेब्यु गरेका छन् । आसिफले डेब्युमै विकेटकिपङ सम्हालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार