राप्ती नगरपालिका वडा नम्बर – ९ का वडा अध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता देबेन्द्र लामाले राप्ती नगर सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । आज बिहिबार राप्तीको झुरझुरेमा पत्रकार सम्मेलनको आयोजना गरी नगर सभापति पदमा उम्मेदवारी दिने उनले घोषणा गरेका हुन्।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतको नगर सभापतिमा उनले उम्मेदवारी घोषणा गरेका छन्।

चितवनका युवा माझ निकै लोकप्रिय रहेका लामा विभिन्न समाजिक कार्यक्रममा समेत आवद्ध रहेका छन । लामाले नगर समितिलाई क्रियाशील बनाउँदै आगामी स्थानीय तहको निर्वाचन काँग्रेसलाई जिताउने उद्देश्यका साथ आफुले नगर सभापति पदमा उम्मेदवारी घोषणा गरेको बताए ।

घोषणा कार्यक्रममा बोल्दै लामाले ‘पदमा बस्ने र काम नगर्ने परिपाटीका कारण संगठन चलायमान हुन नसकेको बताउदै ‘निक्रिय समितिलाई क्रियाशील बनाउँदै स्थानीय तहको चुनावमा पार्टीलाई जिताउने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार