प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग परियोजना एमसिसीकी उपाध्यक्ष फतिमा सुमारलाई आफूहरू अहिले प्रतिपक्षमा भएकाले एमसिसीबारे धारणा नबनाएको बताएका छन्।

बिहीबार दिउँसो ओलीलाई भेट्न सुमारसहित अमेरिकी टोली उनको निवास बालकोट पुगेको थियो।

भेटघाटमा सहभागी एमाले नेता राजन भट्टराईले दिएको जानकारी अनुसार ओलीले सरकारमा हुँदा आफूहरूले एमसिसी संसदमा टेबल गरेको भए पनि केही व्यक्तिहरूका कारण अड्किएको बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार