राप्ती,भदौ २४
।एमसीसी खारेजीको माग गर्दै राप्तीमा विरोध कार्यक्रम गरिएको छ । राप्ती नगरपालिका गड्यौलीमा स्थानिय युवाहरु र द राइफल युनिटीको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा राप्ती २ का वडाध्यक्ष श्याम सुन्दर उप्रेतीले कार्यक्रममा बोल्दै एमसीसी पास गर्न खोजिनु खेदजनक रहेको बताउनु भयो । नेपालको हितमा नहरेको एमसिसी कुनै पनि हालतमा पास गर्न नहुने उहाँको भनाइ छ ।

कार्यक्रममा कम्युनिस्ट नेता प्रेम रिमालले एमसिसि संसदबाट पास भए ठुला दलहरुलाई जनताले बहिस्कार गर्ने बताउनु भयो ।”एमसीसी कुनै पनि कोणबाट नेपालको पक्षमा नभएकोले यो कुनै पनि हालतमा पास हुनुहुदैन ।” उहाँले भन्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार