गायिका अरुणा लामाको सम्झनामा म्यूजिक भिडियो ‘हाँसी हाँसी जलिरहेको’ बोलको गीतको सार्वजनिक भएको छ । स्वर्गीय अरुणा लामाको जन्मदिनको अवसर पारेर उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा स्वर कबिता श्रेष्ठको रहेको छ भने नरेन्द्र राज प्रसाइको शब्द र कुन्दन राज सुब्बाको संगीत रहेको छ ।

गीतको भिडियोमा शिल्पा पोखरेल, आयुश क्षेत्री को अभिनय रहेको छ ।

नवराज उप्रेतीको छायांकन रहेको उक्त गीतलाई किरण गिरीले सम्पादन गर्नुभएको हो ।

यमु शर्माको कथामा आयुष क्षेत्रीको निर्देशन रहेको भिडियोमा शिल्पा पोख्रेललेको दमदार अभिनय रहेको छ । भिडियोमा घरेलु हिंसामा नारीको मौनताभित्र रहेको पीडालाई कलात्मक रुपमा प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार