
राप्ती नगरपालिका वडा नम्बर १० स्थित गोठडाँडामा गोठडाँडा आमा समुहको भवनको आज उद्घाटन भएको छ । भवन वडाको २०७७/७८ को विनियोजित रु. ५,००,०००/- (पाच लाख) बजेटबाट निर्माण भएको हो।
भवनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी राप्ती १० का वडा अध्यक्ष एवं राप्ती नगरपालिकाका प्रवक्ता अमर बहादुर तामाङले गर्नु भएको हो ।
कार्यक्रममा आमा समुहका सयौ महिलाहरुको उपस्थिती थियो ।समुहको भवन निर्माण भएकोमा आमा समूहले वडालाइ धन्यवाद दिदै खुशी व्यक्त गरेका थिए ।
आमा समुहले गाउँका महिला दिदिबहिनिहरुले जागरुक हुँदै समुहमा नया काम गरेको भन्दै प्रमुख अतिथि तामाङले धन्यवाद दिए ।साथै कार्यक्रममा स्थानिय युवाहरुलाइ खेलकुदको सामाग्री समेत हस्तान्तरण गरिएको थियो ।