लकडाउन र निषेधाज्ञाले देश भरि नै बन्दाबन्दी जारी नै छ। दैनिक ज्याला मजदुर गरेर जीवनयापन गर्ने परिवारको दैनिकी त झन् कष्टकर बन्दै छ।

यसै क्रममा राप्ती नगरपालिका ०५ मा अवस्थित श्री शिखर बिकास क्लब यस्ता विपन्न घर परिवारलाई राहतको व्यवस्था गरेको छ।

विभिन्न सामाजिक कार्यमा सक्रियता जनाउदै आएको क्लबले हातमुख जोर्नै गाह्रो भएको घरधुरीलाई राहतको व्यवस्था गरेको छ।

विभिन्न सहयोगी दाताहरुको साथमा क्लबका सदस्यहरुसँग रकम संकलन गरेर राहतको व्यवस्था गरिएको व्यहोरा क्लबका अध्यक्ष आशिष खरेल बताउछन्।

राहत सामग्री भित्र खाद्यान्न दाल, दामल, नुन, तेल सहित साबुनहरुको व्यवस्था पनि गरिएको छ।

हालै मात्र घरमा खाना नभएर चुलै बाल्न धौ धौ भएको दुई परिवारलाई राहत वितरण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार