
१.समय नै नछुट्याई लगातार दिए जस्तो लाग्छ
जीवन जिउने एउटा आधार दिए जस्तो लाग्छ
छिमेकीले मेरा कुरा काट्दै दिन बिताएको देख्दा
मैले बेरोजगारहरुलाई रोजगार दिए जस्तो लाग्छ
२.भएपनि आफ्नै दाजुभाइ के आधारलेपाउछ ?
सोध्ने मन छ नेताज्यु लाई के आधारले पाउछ?
एक पटक ~दोषी ठहरी सकेको अपराधीले
सजाय पूरा नहुदै सफाई के आधारले पाउछ?
३.मैले बिटाका बिटा पैसा गनेको हेर्न चाहन्नन ।।
र दुनियाँले मलाई राम्रो भनेको हेर्न चाहन्नन ।।
हिजो ठुलो मान्छे बन्नु भन्दै आशिर्वाद दिनेहरु
आज म ठु….लो मान्छे बनेको हेर्न चाहन्नन ।।
४.आँसु ले मुहार धुनुको कारण सोधेन
र एक्ला एक्लै रुनुको कारण सोधेन।।
मेरो हालत हेरि मलाई पागल भन्नेले
खासमा पागल हुनुको कारण सोधेन।।