
युद्धको बिगुल फुकियो
झस्के
अहो! कस्तो सपना देखे
मथिङ्गगल हल्लियो
रगत बगिरहेको छ
जनता तातीरहेका छन्
दमनले थिचिएका टाउकाहरु
रिस र आक्रोशले ठडिएका छन्
जनताका सपनाहरू
चिहान-घाटमा सेलाएका छन्
देशको हविगत देखेर पनि
सत्ताकै लागि लडिरहेका प्युसाहरु
जसन मनाइरहेका छन
विग्रहको विष पिलाएर
जनताको घाउमा भुनभुनाउदै
रगत चुस्ने
भरौटेहरुको विगविगी
अति भन्दा माथि
अत्याचार गरेर
सपनाहरूको नाभीस्थलामा
प्रहार गर्न रिहर्सल गरेका लुटेराहरु
शायद यिनको श्रद्धाञ्जली गर्ने बेला आएको छ
त्यसैले आज सपना देखे
अर्थ केलाई रहे
शायद देशले फेरि केही खोजिरहेछ
त्याग , बलिदान
त्यसैले त आज सबेरै
युद्धको बिगुल फुकियो ।।