वीरहरुको रगतले रङ्गिएकी विधवा नारी हु म,
बज्दैनन् सङ्गीत नाडीबाट,
हुदैन शोभा सिउदोबाट।।

मेरो एउटै सपना थियोे निदाएर सपना देख्ने,
सुनियो चीत्कार निर्मला बाट।।

सबै सुतेछन् भनी सुत्ने तयारी गर्दै थिएँ,
चहारियो गाउँ उल्लु बाट,
सुनिएन स्वर कुकुर बाट।।

पुत्र वियोगले मेरो जीवनमा २४सै घण्टा रात हुदा,
एकचिम्टी उज्यालो छायो चिता बाट,
मेरो शान्ति अनि समृद्धिको सपना देख्ने लक्ष्य पूरा गरिदेउन छोरा,
मात्र एउटा अान्दोलन बाट।।

म अन्तराल पछि झुल्न मात्र अाट्दा,
कोरोनाको हल्ला चल्यो,
यता भाइ मर्यो प्रचारबाट,
मर्दैछन् मान्छे विना व्यवहारबाट।।

मेरा अपूरो लक्ष्यको व्यथा छोडेर,
चीत्कार अनि तिरस्कार छोडेर,
वाह कवि! तिमीले लेखेछौ कथा अनि कविता,
सित्कार बाट।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार