
यहाँ पैसाले मान्छे किनिदोँ रहेछ।
तर तिमिले मान्छे चिन्न सकेनौँ।।
स्वार्थी बनेर बाँच्न नसक्दा ।
पैसामा मान्छे किन्न सकेनौ।।
न कर्म छाड्यौ न मानव हुनुको धर्म।
अरुले जस्तो, कसैको कुभलो सोच्न सकेनौ।।
बा!अरु दाजुभाइ भन्दा पछि पर्नुको कारण ।
तिमिले पैसामा मान्छे किन्न सकेनौ।।
समयमै आफन्त र पराइ चिन्न सकेनौ।
तिमिले पैसामा मान्छे किन्न सकेनौ।।
समयमै मान्छे चिन्न सकेनौ।
तिमिले पैसामा मान्छे किन्न सकेनौ।।