घरको गारो चर्किएकै छ
फुसको झोपडीको छानो टालिएको छैन आमा,
तिमी एकोहोरो हेरीरहेकी छेउ
ती दलिन , भाटा , बुइगल र मझेरीहरु
जो रुदैछन
आश्रयको खोजीमा तिमीसंगै
पीडाहरु एकाकार गर्दै

आर्थिक विषमता
अदुरदर्शी राजनीति
परनिर्भरताले शायदै
मेरी आमाको जीवन जिउने धोको अधुरै रहयो
आज भोलि दया,माया र करुणा
धन दौलतको पाठेघरमा
भ्रुणसरी जेलिएका छन् आमा

आफ्ना इच्छाहरुको बली दिएर
खुशी किन्ने तिमी
रोगले जीर्ण बनाउदा
अर्थाभावले गर्दा
अस्पताल छेउकै बाटो हुँदै
घाट सम्म पुगेकी , मेरी मृतक आमाको शव

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार