राप्ती नगरपालिका वार्ड नं ०५ निबासी सन्तमाया तामाङ `आमा´लाई भदौ २७ गते बिहान ६ बजे दम रोग उच्च रूपमा बढे पछि जेपि युवा क्लब र शिखर बस्तीका सदस्यहरुको पहलमा वार्डसँग सहकार्य गरि उपचार को लागि आर्थिक रकम संकलन गरेर उपचारको लागि भरतपुर हस्पिटल पुर्याइएको थियो।

आर्थिक अवस्था कमजोर भएको उनीको उपचारार्थ जेपि युवा क्लबबाट वार्ड लाई निवेदन दिई निशुल्क उपचारको माग गरि सिफारिस लिएर अध्यक्ष अविप कडेँल सहित कोषाध्यक्ष आर्यन सेढाई भरतपुर अस्पताल पुगेका थिए ।

उनीको हेरचाहको लागि कुर्न बसेकी उनीको नातिनीलाई खाजा खर्च स्वरुप २,२९०/- दिइएको थियो।

अस्पताल प्रशासनले उनीको स्वास्थ सुधार भएको र केहि दिनमै डिस्चार्ज दिने कुरा जनाएको थियो र हिजो उनीलाई हस्पिटलबाट डिस्चार्ज गराई घर ल्याइएको छ।

उनीको स्वास्थमा सुधार हुनुमा सहयोगी दाताहरुको हात रहेको जेपी युवा क्लबका अध्यक्ष अविप कडेँल बताउछन्। उनीले सबैप्रति फेरिपनि आभार प्रकट गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार