
गोपाल विश्वकर्मा
भदौ ३१
मानव बस्तिमा जंगली बन्यजन्तुको आगमन रोक्न राप्ती ६ को मुडाभारमा कङ्क्रिट वाल बन्ने भएको छ।
प्रदेश सरकारको भुमी ब्यबस्था तथा कृषि मन्त्रालयबाट बिनियोजित रकम ४ करोड २५ लाखको लागतमा २ किलोमीटर लम्बाइ र जमिनको सतहबाट ६ फुटको उचाइ रहने गरि वाल निर्माण हुन लागेको हो ।
आज एक कार्यक्रमका बिच उक्त वालको शिलान्यास गर्दै राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले मानव बस्तिमा जंगली जनावरको आतंक बढिरहेको र अब वाल निर्माणसङ्गै यो समस्याबाट सम्पुर्ण जनता मुक्त हुने बिश्वास ब्यक्त गर्नु भएको थियो साथै यस्ता बिकास निर्माण कार्यमा सम्पुर्ण जन्ता एक हुँदै साथ र सहभागीता जनाउन समेत अपिल गर्नु भएको थियो।
वाल निर्माणको काम २ हप्ता भित्रबाट सुरु गरिने र ६ महिना भित्र काम सम्पन्न हुने राप्ती नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जल्लु चौधरीले जानकारी दिनु भयो । यस ठाउमा जंगली जनावरको आतंकबाट बस्ती त्रसित हुँदै आएका र प्रदेस सरकारको बिनियोजित बजेटबाट निर्माण हुने वालले आम जनता ढुक्कसङ निदाउन सक्ने बिश्वास दिलाउदै प्रदेश सरकार भुमी ब्यबस्था तथा कृषि मन्त्रालयलाई कार्यपालिका सदस्य पुस्पा कुवरले धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।