
सुरज बराकोटी
भदौ ३१,
राप्ती नगरपालिका ०५ स्थित भण्डारा चोकमा श्री शिखर बिकास क्लब र जेपी युवा क्लबको संयुक्त आयोजनामा दीप प्रज्वलन गरिएको छ।
कुलमान घिसिङको योगदान र उनीले आफ्नो कार्यकालमा गरेका राम्रो कार्यहरुको कदर गर्दै उक्त कार्यक्रम आयोजना गरिएको थियो।
“लोडसेडिङ हटाएर देशलाई उज्यालो बनाउनुमा उनीको ठूलो हात रहेको छ। उनी जस्ता देशका सपूतलाई सम्मान गर्नुपर्छ। उनीले देशलाई दिएको योगदान हामीले भुल्नु हुँदैन। देशमा लोडसेडिङ अन्त्य गरि उनीले ईतिहास रचेका छन्।” कार्यक्रममा बोल्दै श्री शिखर बिकास क्लबका अध्यक्ष आशिष खरेलले भनेँ।
त्यस्तै गरि जेपी युवा क्लबका अध्यक्ष अविप कडेँलले आफ्नो भनाई राख्दै उनी प्रति धन्यवाद प्रकट गरे। “सकिन्छ भने सरकारले उनीलाई पुन नियुक्ति गर्नुपर्छ। देशले यति निष्ठावान व्यक्ति दोहोर्याएर पाउन कठिन छ। हाम्रो साथ कुलमान घिसिङलाई रहनेछ। उनीले गरेको हरेक कार्य सराहनीय छ।” उनीले भनेँ।
कार्यक्रम नेपालको नक्सामा दीप बाले लगत्तै राष्ट्रिय गान गाएर सुरुवात गरिएको थियो। कार्यक्रममा स्थानिय, समाजसेवी, युवावर्ग तथा अग्रज व्यक्तिहरुको सहभागिता थियो।