
माया साचो हुन्छ भन्थे , झुठो साबित भयो आज ।
हिजो माया गर्छु भन्थ्यौ छोडी किन गयौ आज ।।
सधै साचो बोल्छु भन्यौ , त्यही झुठो भयो आज ।
सत्य सधै जित्छ भन्थ्यौ , त्यसैको त हार भयो आज ।।
मन धेरै दुखिसक्यो , चोट थप्यौ तिम्ले आज ।
हिजो माया गर्छु भन्थ्यौ , छोडी किन गयौ आज ।।
सिरानी ले भन्यो किन , रुन्छस उसको यादमा आज ।
प्यारो साथी , मन दुख्दा आफै आँसु झर्छ किन आज ।।