सुरज बराकोटी
असोज १,
राप्ती नगरपालिका अन्तर्गत वार्ड नम्बर ०५ मा न्युज टाइम्स ग्लोबलको स्टुडियो आज अौपचारिक रुपमा उद्घाटन भएको छ।

कार्यक्रममा राप्ती नगरपालिका प्रमुख प्रभा बराल, उप प्रमुख इमान सिंङ लामा, राप्ती नगर कार्यपालिका सदस्य पुस्पा कुवँर, स्थानिय, अग्रज व्यक्ति, सामाजिक व्यक्तित्व, समाजसेवी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

केही समय देखि न्युज टाइम्स राप्ती नगरपालिकाको सक्रिय अनलाइन न्युज मिडिया हो। देश तथा समाजमा घटेको समसामयिक बिषयलाई जस्ताको तस्तै उतार्ने भएको कारणले पनि यो एउटा लोकप्रिय अनलाइन मिडिया बन्न पुगेको छ।

अझ विशेष रुपले अगाडि बढ्ने योजना सहित स्टुडियो सञ्चालनमा आएको कुरा न्युज टाइम्सका सञ्चालक रमेश पाण्डे बताउँछन्। “अब यहाँबाट प्रत्येक घण्टा समाचार प्रसारण हुन्छ। यसो गर्दा ताजा समाचार सबैले हेर्न र सुन्न पाउनुहुनेछ। साथै हाम्रै युटुब च्यानलबाट रात्रीकालिन कार्यक्रम “प्रेमपत्र” पनि प्रसारण हुनेछ। जसले साहित्य जगतमा एउटा नौलो प्रभाव पार्नेमा म विश्वस्त छु।” उनीले भनेँ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार