
गोपाल विश्वकर्मा
असोज १
कुनै समय बाघ लुक्ने झाडि यतिखेर सुन्दर पार्कमा रुपान्तरण भएको छ ।आखिर गरे सम्भब हुन्छ भन्ने ज्वलन्त उदाहरण पुर्बी चितवनको राप्ती ३ मा रहेको शान्ती मध्यबर्ती सामुदायिक उपभोक्ता बन समुहका उपभोक्ताहरुले दिएका छन ।
बाघ लुक्ने झाडि भनेर चिनिने राप्ती नदिको ड्याक गिरिजा चोक यतिखेर मनोरम आकर्षक दृश्य सुन्दर गिरिजा पार्क भनेर चिनिदैछ ।शान्ती मध्यबर्ती सामुदायिक बन उपभोक्ता समुहको अगुवामा र सम्पुर्ण उपभोक्ताको श्रमदानवाट यो पार्क निर्माण भएको हो ।यदि कुनै निकायले सो पार्कको लागि बजेट लगानी गर्थ्यो भने १० लाख बराबरको काम भएको र अहिले सो पार्क निर्माण गर्दा शून्य लागतमा स्थानीयको श्रमदान सहयोगबाट काम भएको र यसको नेतृत्व सामुदायिक बनले गरेको भन्द बनका अध्यक्ष ज्ञान बहादुर राइले खुशी ब्यक्त गर्दै सम्पुर्ण उपभोक्तामा धन्यवाद दिएका छन। सुन्दर पार्क निर्माण भए लगतै अहिले स्थानीय तथा बाहिरका पर्यटकहरु आउने बस्ने एकान्तमय ठाउको मज्जा लिने गरेको सामुदायिक बनका सचिब कृष्ण हरि पाण्डेले बताए ।
दक्षिणमा राप्ती नदिसङ्गै चितवन राष्ट्रिय निकुञ्जको मनोरम दृश्य र उत्तरमा मानव बस्ती सङ्गै पर्यटकीय नगरी परेवाकोटको चुचुराले मनै लोभ्याउने आनन्दमय अनुभव लिन पाइने पार्कमा पिकनिकको लागि प्रयाप्त सुबिधा पनि रहेको उपभोक्ता बिमला राइले बताउदै एक चोटि आएर अबलोकन गर्न सम्पुर्णमा अनुरोध गरेकी छिन । यति खेर बिना लगानिमा सामुदायिक बनले आम उपभोक्ताहरुको सकृयतामा पार्क निर्माण गरेर देखाएको भन्दै चौतर्फी तारिफ भैरहेको छ।