
बागमती प्रदेश सरकारले चितवनमा निर्माणाधीन अवस्थामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि तत्काल तीन करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।
बुधबार बसेको मन्त्री परिषद् बैठकले धुर्मुस सुन्तली फाउन्डेसनलाई रंगशाला निर्माणका लागि तीन करोड रुपैयाँ उपलब्ध गराउने भएको हो।
प्रदेश सरकारको ससर्त अनुदान अन्तर्गत आर्थिक बर्ष २०७७/०७८ को अनुदान रकम उपलब्ध गराउन लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए।
यस माहामारीमा पनि काम निरन्तर र सहज होस् भनेर सहयोग गर्न लागिएको हो। जनस्तरबाट निर्माण भैरहेको रंगशालामा पूर्व खेलाडीहरुले पनि विभिन्न अभियानहरु सञ्चालन गरेर सहयोग गर्दै आएका छन्।