आइपिएल २०२० को पहिलो म्याचमा चेन्नई मुम्बई विरुद्ध ५ विकेटले विजयी भएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओवरमा ९ विकेट गुमाउदै १६२ रन बनाएको थियो। जसमा सौरभ तिवारीले ३१ बलमा ४२ र क्विन्टन डिककले २० बलमा ३३ रनको पारी खेले।

चेन्नईका लागि एन्गिडीले ३, दीपक चहर र रविन्द्र जडेजाले समान २/२ र पीयूष चावला र स्याम करनले समान १/१ विकेट लिए।

१६३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको चेन्नईले १९.२ ओवरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। अम्बाती रायडुले ४८ बलमा ७१ र फाफ डु प्लेसीले अविजित ४४ बलमा ५८ रन बनाए। रायुडु र प्लेसीले तेस्रो विकेटको लागि ११५ रनको साझेदारी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर