
संबिधान दिवसको अवसरमा जेपी युवा क्लबद्वारा राप्ती ०५ अन्तर्गत जेपी मार्ग चौकीडाँडामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा स्थानियबासी, अग्रज तथा सामाजिक व्यक्तिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा दीप प्रज्वलन र जनताको बलिदान र संघर्षको स्मरण गरिएको थियो।
समग्रमा कार्यक्रम राम्रो भएको जानकारी जेपी युवा क्लबका अध्यक्ष अविप कडेँलले दिए। कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई पनि उनीले धन्यवाद ज्ञापन गरे।