
देशभर पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये १३ जना पुरुष र ३ जना महिला छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर र बाँकेमा दुई दुई जना पुरुषको मृत्यु भएको छ । झापा, सुनसरी, पर्सा, मकवानपुर, ललितपुर, चितवन, दोलखा र रुपन्देहीमा एक–एक जना पुरुषको ज्यान गएको छ ।
यसैगरी मकवानपुर, ललितपुर र दोलखामा एक–एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।