
चितवनमा गरिएको परिक्षणमा सोमबार चितवनका २२ सहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर महानगरपालिकाका ४, खैरहनी नगरपालिकाका १५ जना र रत्ननगर नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अन्य एक जना भने बारा जितपुर १५ का ६८ बर्षिय महिला रहेको भरतपुर अस्पताल कोभिड –१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिनुभयो ।
डा. अधिकारीका अनुसार ३४९ जनाको परिक्षण गरिएको थियो । आइतबार नमुना संकलन गरिएको थियो ।