बारामा मोटरसाईकल दुर्घटनामा परेर एक युवकको ज्यान गएको छ । ज्यान जानेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ निवासी २३ वर्षीय अभिशेख महतो रहेको प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् । 

मंगलबार राती साढे ९ बजेको समयमा बाराको कलैया उपमहानगरपालिका ९ रामपुरमा रोकीराखेको बा.२० च. ४९९३ नम्बरको पिकअप गाडीमा कलैयाबाट बघवनतर्फ जाँदै गरेको भे. ६ प. ४३५७ नम्बरको मोटरसाईकल ठोक्किएको थियो ।

सो दुर्घटनामा गम्भिर घाईते भई उपचारका लागि कलैया अस्पतालमा ल्याउँदै गर्दा महतोको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार