
सामाजिक विकासबाट नै राष्ट्रको उन्नति सम्भव छ भन्ने नारालाई आत्मसाथ गर्दै युवा जागरण (सजकता) अभियान सहित युवा जागरण (सजकता) अभियानको संगठन बिस्तार भएको छ ।
युवामा राजनीति प्रतिको वितृष्णालाई कम गराउने,देशमै रोजगारीको अवसर खोज्दै, सीपमूलक तालिम र व्यावसायिक दक्ष जनशक्ति निर्माण गरी उद्धमशिल बनाउने लक्ष्यका साथ संस्थाले काम अगाडी बढाएको छ।
यसै शिलशिलामा चितवनका स्थानीय तहहरुमा पनि अभियानको निति, योजना र कार्यकम सञ्चालनको लागि संयोजकको नियुक्ति गरिएको छ।
यसैक्रममा युवा जागरण (सजकता) को राप्ती नगरपालिकाको संयोजकमा क्रिशार पाठक र खैरहनी नगरपालिको संयोजकमा सुन्दरजंग बस्नेत नियुक्ति भएका छन्।