
रामेछापको लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कालाई मुद्दा पुर्पक्षका लागि कारागार पठाइएको छ । जिल्ला अदालत रामेछापका न्यायाधीश स्वीकृति पराजुलीले उनलाई थुनामा पठाउन आदेश गरेका हुन् ।
प्रहरीले साउन ३० मा खड्कालाई पक्रेर मुद्दा चलाएको थियो । खड्काबारे ३ वटा मुद्दामा अनुसन्धान गरेर प्रहरीले सरकारी वकिल कार्यालयका अनुसन्धान प्रतिवदेन बुझाएको थियो ।
लिखु तामाकोशी गाउँपालिकाको धोवीमा सडकको नाला बनाउने उपभोक्ता समितिका अध्यक्ष दर्पण घिसिङलाई उनले बन्धक बनाएर जबजरस्ती चेकमा हस्ताक्षर गर्न लगाएका थिए । साउन २१ मा गाउँपालिकाको कार्यालयमा उपभोक्ता समितिको चेकमा हस्ताक्षर गराएर पैसा निकाल्ने हर्कत गरेपछि घिसिङले उनीविरुद्ध जिप्रकामा जाहेरी दिएका थिए ।