
पछिल्लो २४ घण्टामा १ हजार १४७ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ।
कुल संक्रमितमध्ये निको हुनेको दर ७३.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ।
त्यस्तै यस दिन मृतक थप ८ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म मृतक ४६७ जनामा कोरोना देखिएको छ।