
पहिलो हाफमा ३-० को खेल हाफ पछि ३ गोल गरेर चेल्सीले आफ्नो हार टारेको छ।
शनिबार राति भएको खेलमा ३-० ले पछि परेको स्थिति उल्टाएर चेल्सीले वेस्ट ब्रुमविरुद्ध ३-३ गोलको बराबरी खेलेको हो।
वेस्ट ब्रुमका लागि रोबिन्सनले खेलको ४ र २५ मिनेटमा गरी दुई गोल गरेका थिए। २७ मिनेटमा बार्टलीले अर्को गोल गरेपछि वेस्ट ब्रुम ३-० ले अघि बढेको थियो।
चेल्सीका लागि ५५ मिनेटमा माउन्टले पहिलो गोल गरे।हुडसन ओडोइले ७० मिनेटमा अर्को गोल गरेपछि चेल्सीले खेलमा फर्कने संकेत देखायो। खेलको इन्जुरी टाइममा अब्राहमले बराबरी गोल गरेपछि चेल्सीको सम्भावित हार टर्यो।