फिल्मीपाटी मिडियाको प्रस्तुतिमा नेपाली वेबसिरिज लभ फिप्टी फिप्टी बन्ने भएकाे छ । यही कार्तिक २४ गतेदेखि छायांकन सुरु हुने सो वेबसिरिजमा अनुज गुप्ता नायकको रुपमा प्रस्तुत हुँदैछन्। २४ बर्षीय अनुज राप्ती नगरपालिका ५ मा बस्छन्। स्कुल जीवन खैरहनी स्थित नेपाल आदर्शमा बिताएका उनले भारतबाट +२ सक्काएका हुन्।

३ बर्षे कलाकारिता क्षेत्रमा बिताएका उनले ४ वटा शर्ट मुभि, १ वटा टेलि सिरियल र २ वटा म्युजिक भिडियोमा काम गरिसकेका छन्।

“फिल्मी क्षेत्र मेरो प्रोफेसन भन्दा पनि प्यासन थियो, अब यसलाई नै प्रोफेसन बनाउने मन छ।” उनले भनेँ। आगामी दिनहरुमा पनि फिल्म क्षेत्रमा आफ्नो पाइला अघि बढाउने उनको सोच रहेको छ। “मलाई यो क्षेत्र नै रमाइलो लाग्छ। धेरै कलाकारहरुबाट सिक्ने अवसर पाएको छु। अझै सिक्दै अघि बढ्नेछु।” उनले थपे।

उनको अभिनयलाई धेरै दर्शकहरुले रुचाइसकेका छन्। अब आउने वेबसिरिजमा उनको प्रस्तुतिलाई विशेषमा रुपमा हेरिने छ।

गुप्ता सहित वेबसिरिजमा आर्य अधिकारी, तृप्ती श्रेष्ठ, मुस्कान काप्री, बुद्धिमान गुरुङ, दिपक अधिकारी, भिम ढुङ्गेल, जयराम श्रेष्ठ, समीक्षा भट्ट देखिनेछन्।

वेबसिरिज आभास रानाको निर्देशन तथा सागर ढुङ्गाना, मुस्कान काप्री र सुवास गौतमको निर्माणमा बन्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार