
पाल्पमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । पाल्पाको रम्भा गाउँपालिका ३ शिखरडाँडा बस्ने वर्ष ३३ का राजकुमार थापामगरको पहिरोमा पुरिएको अवस्थामा आज शव फेला परेको हो ।
उनी घरदेखि पश्चिमतर्फ रहेको जंगलमा दाउरा लिन जाँदा पहिरोमा पुरिएर हराएका थिए ।
सोही सूचनाको आधारमा स्थानीय नागरिक, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलद्वारा खोजतलास गर्दै आएको थियो । उनलाई आज मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।