सुरोज बराकोटी- राप्ती नगरपालिका १ स्थित लोथर खेल मैदानमा नगर खेलकुद समितिद्वारा आयोजित प्रथम राप्ती नगरपालिका कप अन्तर वडा स्तरीय नक आउट फुटबल प्रतियोगिताको उपाधि राप्ती ९ ले जितेको छ। यो सँगै राप्ती ९ प्रथम राप्ती नगरपालिका कप २०७८ को पहिलो विजेता बन्न सफल भएको छ।

आज बुधबार भएको राप्ती ९ र राप्ती ७ बीचक‍ो फाइनल खेलमा ४-० को फराकिलो अन्तरले राप्ती ९ विजयी भएको हो।

खेलको चौथौ, ६१ औ, ६४ औ र ६८ औ मिनटमा राप्ती ९ ले गोल गर्न सफल भएको थियो। राप्ती ७ ले जवाफमा कुनै गोल गर्न सकेनँ।

प्रतियोगिता भर उत्कृष्ट गोल किपिङ गरेका राप्ती ९ का खेलाडी रोजन तामाङ उत्कृष्ट गोल किपर घोषित भए। त्यस्तै राप्ती ७ बाट रोमन गुरुङ बेष्ट डिफेन्डर र राप्ती ९ बाट सन्तोष थिङ उत्कृष्ट खेलाडी घोषित भए।

प्रतियोगितामा विजेता भएको राप्ती ९ ले ७० हजार, ट्रफी तथा प्रमाणपत्र र उप विजेता बनेको राप्ती ७ ले ३५ हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार