झापाको गौरादह नगरपालिका–१ का ५१ वर्षीय कोरोना सङ्क्रमित एक पुरुषको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । 

श्वासप्रश्वासमा समस्या देखिएपछि असोज ३ गते अस्पतालको सघन उपचार कक्षमा भर्ना भएर उपचार गराइरहेको उनको आज दिउँसो मृत्यु भएको हो ।

उनीमा असोज ६ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । 

अस्पतालका जनसम्पर्क अधिकारी नारायण दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो । मधुमेह, उच्च रक्तचाप र कलेजोसम्बन्धी समस्या देखिएको उनको उपचारकै क्रममा आज मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार