चितवन निवासी गायक सुरज कालाखेतीको ‘न्यानो अँगालो’ गीत सार्वजनिक हुने भएको छ।

रचना, संगीत तथा गायन कालाखेतीको रहेको उक्त गीत यही आउँदो शुक्रबार (०६/१६) सार्वजनिक हुने भएको हो। उनको आफ्नै युटुब च्यानल (Suraj Kalakheti official) मा गीत उपलब्ध हुने छ।

केही बर्षयता उनी संगीत तथा गायन क्षेत्र सक्रिय रुपमा लागेका छन्। उनको “मायालु आउने बाटोमा” गीतले पनि उत्तिकै चर्चा बटुल्यो।

“युवा पुस्ताले ‘मायालु आउने बाटोमा’ गीतलाई धेरैले माया दिनुभयो। मलाई विश्वास छ ‘न्यानो अंगालो’ ले पनि उत्तिकै माया पाउनेछ।” गायक कालाखेतीले भनेँ।

हालसालै उनकै संगीतमा रहेको “दिलको पाइलट” गीत पनि युटुबको ट्रेंडिङ्गमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर