झापामा प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ व्यक्ति पक्राउ परेका छन् । झापाको विर्तामोड नगरपालिकास्थित सैनिक मोडबाट कचनकवल गाउँपालिका ३ बस्ने २२ वर्षीय सदाम राजबंशी र सोही स्थान बस्ने ३९ वर्षीय नरबहादुर राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुको साथबाट १२ ग्राम ब्राउन सुगर बरामद गरिएको समेत प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखी बुधबार म्याद थपसहित अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार