
विगत २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शुक्रबार नियमित प्रेस व्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४ महिला र ७ पुरुषसहित ११ जनाको मृत्यु भएको हो ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।