त्रिशुली  नदीमा ट्रक खस्दा तीन  जना  घाइते  भएका  छन् । 

पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै  भैरहवाबाट काठमाण्डौ जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे  ८० फिट तल त्रिशुली  नदी किनारमा खसेको हो ।

दुर्घटनामा परी घाइेत हुनेमा  ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने वर्ष २८ का रोहित तामाङ, ट्रकमा सवार सोही ठाउ बस्ने वर्ष १९ का रामकुमार लालचन र अर्का सोही ठाउका वर्ष २३ का राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार