उसलाई मनमा सजाउने चाहा भएर के गर्नु
फेरि कहिकतै देख्दामा डाहा भएर के गर्नु ।।
जो कहिलै आफ्नो जिन्दगीमा आउदैन भने
मन पराउछु माया गर्छु थाहा भएर के गर्नु ।।

धर्तीले मूल्य खोज्यो भने आकाशले मूल्य खोज्यो भने
निरन्तर बहने प्रत्येक झोक्का बतासले मूल्य खोज्यो भने।
के त्यो दिन मूल्य चुक्ता गर्न सक्लान् त यी मानव जातीले
जब कि सेकेन्ड सेकेन्डमा फेर्ने स्वासले मूल्य खोज्यो भने

ती अनगिन्ती सपना र रहर यहीँ सम्म थियो
एकअर्कामा विश्वास र भर यहीँ सम्म थियो ।।
दोबाटोमा भेट्दा पनि नदेखेर हिड्छ अचेल
सोचे हाम्रो सम्बन्धको सफर यहीँसम्म थियो।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार