
तनहुँको व्यास नगरपालिका–१० शेवरमा डेरा गरी बस्ने २१ वर्षीया सुकु परियार गुरुङको मृत्युकाण्डमा उनका श्रीमान् र देवरलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।
जिल्ला अदालत तनहले मृतकका श्रीमान् नवराज र देवर शिशिर गुरुङलाई पुर्पक्षुँका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
नवराजलाई जिल्ला कारागार र शिशिरलाई नाबालक भएकाले बालसुधार गृहमा पठाइएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।
गत भदौ २६ गते देवरसँग झगडा परेपछि सुकु कोठाभित्र झुण्डिएका अवस्थामा फेला परेकी थिइन् । लगत्तै प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो ।