काठमाडौं,मंसिर २३ । लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान अन्तरगत ओरेक नेपालको आयोजनामा शैली थिएटरले कचहरी नाटक “तैं चुप, मैं चुप” मञ्चन गरेको छ ।

नाटकको निर्देशन तथा लेखन सरस्वती अधिकारीले गर्नुभएको हो भने, ९ जना पात्रहरूको संयुक्त प्रस्तुतमा नाटक मञ्चन गरिएको थियो । नाटकले समाजमा भईरहेको लैङ्गिक हिंसा विरूद्ध तीन वटा मुख्य समस्याहरूलाई प्रमुख विषय बनाएको थियो ।

नाटक हेरिसकेपछी बुढानिलकण्ठ न.पा स्थित महाँकाल जागृती माध्यमिक विद्यालयकी छात्रा सुमित्रा भण्डारीले, “आफू समस्यामा पर्दा मात्र होईन, समाज भित्र अन्य मानिस दुर्ब्यावहारमा पर्दा पनि हामिले आवाज उठाउनु पर्छ । आज आफुलाई समस्या परेको छैन भन्दै चुप लागेर हिड्ने हो भने दुर्ब्यावहार गर्नेको हिम्मत बढ्छ । के थाहा कुनै दिन आफू पनि दुर्ब्यावहारमा पर्न सकिन्छ । त्यसैले “हुँदैन” अथार्त “नो” भन्न सक्नुपर्छ । सहेर बस्नु हुँदैन ” बताइन् ।

“नाटकले घरभित्र हुने, सार्वजनिक सवारीसाधनमा हुने र शैक्षिक संस्थाहरूमा हुने महिला हिंसालाई प्रमुख समस्याको रूपमा प्रस्तुत गरेको निर्देशक सरस्वती अधिकारीले जानकारी दिनुभयो ।” अधिकारीले,”नाटक बिहिबार बुढानिलकण्ठ नगरपालिकाको विभिन्न विद्यालयहरूमा मञ्चन गरिएको र विद्यार्थीहरूको उल्लेख रूपमा उपस्थित भएको जानकारी दिनुभयो ।

नाटकमा प्रभाकर न्यौपाने, शालिकराम भण्डारी, तारा केसी, सरस्वती अधिकारी, सुवास सुवेदी, विकल्प अधिकारी, प्रसुन न्यौपाने, रविन दोङ तथा सुशील ठकुरीको भुमिका रहेको थियो । कचहरी नाटक शुक्रबार पनि मञ्चन गरिने अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार