चितवनका यातायात व्यवसायीहरुले असोज २० गते राप्ती नगरपालिका ०४ अवस्थित बसपार्कमा भेला सम्पन्न गरेको छ।

चितवन छहारी यातायात सेवा प्रा.लि., चितवन माइक्रोबस यातायात प्रा.लि. र त्रिनेत्र यातायात प्रा.लि. अन्तर्गतका व्यवसायी बिच भेला सम्मन्न भएको हो।

लकडाउनले यातायात क्षेत्रमा पुर्याएको असर लगायत नारायणगढ-भण्डारा-लोथर सेक्टरमा हालसाल मात्र चल्न लागेको म्याजिक गाडी सम्बन्धि छलफल भएको चितवन छहारी यातायात मजदुरका अध्यक्ष रामहरि अर्यालले जानकारी दिए।

कार्यक्रममा तीनै यातायात प्रा. लिका अध्यक्ष सहित व्यवसायी, चालक तथा सहचालकको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार