
दाङमा सहकर्मी महिला शिक्षकलाई अश्लिल हर्कत गर्ने एक शिक्षक पक्राउ परेका छन् । घोराहीमा रहेको सिद्धार्थ एकाडेमीमा कार्यरत शिक्षक शिवकुमार राना विद्यालयमा कार्यरत सहकर्मी महिला शिक्षकलाई अश्लिल हर्कत गरेको आरोपमा पक्राउ परेका हुन् ।
आरोपित शिक्षकले पटक–पटक सहकर्मी महिला शिक्षकलाई गलत नियतले विभिन्न किसिमका अश्लिल क्रियाकलाप गर्ने गरेपछि ति शिक्षिकाले भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् ।
शिक्षिकालाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा समेत भाइरल भएको छ । भिडिओ भाइरल भएपछि घटना सार्वजनिक भएको प्रहरीको दावी छ ।