
काठमाडौं,पुस ५ । इन्टिच्युट अफ इन्टरन्याशनल म्यानेजमेन्ट,आइआईएमएस कलेजका १ सय ५० भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् ।
मलेसियाको क्वालालम्पुरस्थित यु.सि.एस.आई युनिभर्सिटीबाट सम्बन्धन प्राप्त आइआईएमएस कलेजले शनिबार काठमाडौंको म्यारियट होटलमा आफ्नो पहिलो औपचारिक दीक्षान्त समारोहमा दीक्षित हुने ४ सय मध्ये १ सय ५० भन्दा बढी विद्यार्थी सहभागि भएको सो कलेजका शैक्षिक निर्देशक बृहत सिंह बोश्वाले जानकारी दिनुभयो ।
सन् २०१० मा स्थापना भएको आइआईएमएस कलेजबाट ग्राजुयट, ब्याचलर इन आइटी (बिआइटी) कम्युटिङ तर्फका ६ वटा ब्याच र ब्याचलर इन होटल म्यानेजमेन्ट बिएचएमका गरि १ सय ५० भन्दाबढी विद्यार्थी दीक्षित भएको उहाँले बताउनुभयो ।
दीक्षित विद्यार्थीलाई शुभकामना ज्ञापन गर्दै कार्यक्रमका प्रमुख अतिथि, नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले,’टेक्नोलोजीमा आधारित गुणस्तरिय शिक्षा मार्फत देश विकासमा योगदान पुर्याउने सक्नुहोस्’ भन्ने शुभेच्छा व्यक्त गर्नुभयो ।
त्यस्तै, क्याम्पसका कार्यकारी प्रमुख, सिइओ सविन्द्र मर्हजनले,’नेपालमै बसेर प्रविधिमा आधारित अन्तराष्ट्रिय स्तरको गुणस्तरिय शिक्षा प्रदान गर्न कलेज प्रतिवद्ध रहेको बताउनुभयो ।’
मलेसियाको युसिएसआई, विश्वविद्यायबाट सम्बन्ध लिएर नेपालमै गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापित इन्टिच्युट अफ इन्टरन्याशनल म्यानेजमेन्ट, आइआइमसले, आइटी, बिएचएम, तथा बिबिए कोर्ष संचालन गर्दै आएको छ ।