काठमाडाैँ,पुस १० । उपन्यासकार सीमा पुरीको दोस्रो उपन्यास अपरिचित विमोचन भएको छ ।

“उपन्यास अत्यन्त सुन्दर भाषा र शैलीमा लेखिएको र यसले मानवीय ब्यवहार देखाउने चेष्टा गरेको”, साहित्यकार मित्रलाल पंज्ञानीले बताउनु भयो ।

त्यसैगरि,समिक्षक मधुसूदन पाण्डेयले सीमाको लेखन र लगनको प्रशंसा गर्दै लेखिकाको सुन्दर भविष्य रहेका धारणा राख्नुभयो ।

प्रमुख अतिथिका रुपमा बोल्दै प्रा.डा. रामप्रसाद ज्ञवालीले, ‘लेखाइ सुन्दर छ । सामाजिक कथामा आधारित छ । तर, परिमार्जन गर्न सकिने ठाउँ रहेको’ बताउनुभयो ।

उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा अभिनेत्री सरिता लामिछाने, बरिष्ठ सञ्चारकर्मी पुरुषोत्तम दाहाल, सूर्य बिसी लगायतले मन्तव्य राख्नुभएको थियो । यस अघि उनको पहिलो उपन्यास परीले पनि पाठकको माया पाएको थियो ।

बिएन पुस्तक संसार प्रालिद्धारा आयोजित उक्त कार्यक्रमको सभापतित्व भिमा देवी पाण्डेयले गरिकी थिइन् भने सञ्चालन शशी शर्मा मजगैंयाले गरेका थिए । उक्त पुस्तकको बजार मूल्य ३८५ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार