अरुभन्दा छुट्टै खालको संसारमा बसेको छु।
मागेर खान पनि नपाउने बजारमा बसेको छु।

दुःख पीडा के ठूलो कुरा थियो र मेरो लागि।
सधैंभरि बिजुलीको नाङ्गो तारमा बसेको छु।

अचानोको चोट सबैले बुझे अरु सोचेनन्।
पीडा सहँदै त्यो खुकुरीको धारमा बसेको छु।

सम्मान गर्न जानेन इज्जत फाल्यो नभन्नु ।
बाबा आमाको मायाको संस्कारमा बसेको छु।

सुन्निए पनि मोटाएको जस्तो देखिनु पर्छ सधैं।
मह काढ्ने निहुँमा मौरीको घारमा बसेको छु।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार