नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ ।

साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा साताको कारोबारको पहिलो दिन आइतबार बढेर तोलामा ९५ हजार ६०० रुपैयाँ पुगेको हो । 

यस्तै तेजावी सुन तोलामा ९५ हजार १०० रुपैयाँमा कारोबार भएको छ।
 
यस्तै आइतबार चाँदीको भाउ पनि बढेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार चाँदी १२१९ रुपैयाँमा कारोबार भएको छ ।

यसअघि शुक्रबार चाँदी तोलामा ११९५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार