पूर्वी चितवनको कालिका नगरपालिकामा कटेजमा जुवातास खेलिरहेका ५ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

कालिका नगरपालिका वडा नं. ४ स्थित ग्रिन टप कटेजमा जुवातास खेलि बाजि थापिरहेको बेला उनीहरुलाई फेला पारी पक्राउ गरिएको हो।

प्रहरीले जुवाडे संगै नगद रु २ लाख २९ हजार ७ सय ८० रुपैया बरामद गरेको छ। पक्राउ पर्नेहरुमा कालिका नगरपालिका ४ बस्ने ३७ बर्षीय बल बहादुर नेपाली, ३५ बर्षीय हरीराम लामा, ४० बर्षीय कुमार चौधरी, ३८ बर्षीय हरि जिसी र ३८ बर्षीय नवराज परियार छन्।

उनीहरुलाई जुवा कसूर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार