
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको एउटा भाले हात्तीको आज मृत्यु भएको छ ।
निकुञ्जको बेलशहर पोष्टमा रहेको १९ वर्षीय हात्ती विक्रम प्रसादको मृत्यु भएको निकुञ्जले जनाएको छ ।
बिहीबार बिरामी परेको हात्तीको आज मृत्यु भएको हो। बाल्यकालदेखि नै बिरामी विक्रम प्रसादमा क्षयरोगको सङ्क्रमणसमेत रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।