राप्ती नगरपालिकामा माघ २४ गतेबाट कोभिड विरुद्धको खोप लगाइने भएको छ । १२ देखि १७ बर्ष उमेर सम्मका विद्यार्थीहरुलाई खोप लगाइने भएको हो । नगरका १४ वटा स्वास्थ्य केन्द्र भित्र रहेका ४३ वटा सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुलाई खोप कार्यक्रम सञ्चालन हुने भएको हो । खोप कार्यक्रम यही माघ २४ गते देखि २६ गते सम्म चल्नेछ ।

लिस्टमा नभएका विद्यालयले मिति हेरेर नजिकैको खोपकेन्द्रबाट खोप लगाउन सकिने स्वास्थ शाखा प्रमुख सुरेश न्यौपानेले बताउनुभएको छ । खोप कार्यक्रम अभियानमा आवश्यक समन्वय तथा सहयोग र जनस्वास्थ्यको मापदण्ड पूर्ण पालना गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार