सुजन तिमल्सिना
असोज २७
नेपाली सङ्गीत जगतमा लामो समयदेखी संघर्ष गरिरहेका गायक तथा सङ्गीतकार रामकुमार रिमालले सङ्गीतमा आफ्नो बिषयभन्दा फरक खालको गीत सार्वजनिक गरेका छन् ।

अहिलेको युवापुस्तालाइ मध्यनजर गर्दै “फ्यान्टा कोकैमा”बोलको लोकदोहोरी गीत सार्बजनिक गरेका हुन्। धादिङ्ग जिल्लाकै चर्चित स्थल गल्छिलाइ साङ्गीतिक माध्यमद्वारा चिनाउन उनी लागिपरेको यस गीतका सङ्गीतकार रिमाल बताउछन् ।

उक्त “फ्यान्टा कोकैमा”बोलको दोहोरी गीतमा शब्द उदेश खतिवडाको छ। परदेशमा सुखदुःख गर्दै नेपाली सङ्गीतजगतलाइ माया गर्ने उनको शब्द तथा लगानीमा रहेको यो गीत प्रथम हो। यस गीतलाई सङ्गीत रामकुमार रिमालले दिएका छन् भने आर.बि. लामाले सङ्गीतसम्योजन गरेका छन् ।

हलेसी डिजिटल रेकर्डिङ स्टुडियोबाट रेकर्ड भएको यो गीतमा अहिलेका चर्चित गायक राजु परियार तथा गायिका पूर्णकला बि.सि.को आवाजमा रहेको यो गीत साच्चै नै राम्रो बनेको र दर्शक श्रोताहरुको मन जित्ने सङ्गीतकार रिमाल बताउछन् ।

साथै अडियो मिक्स तथा मास्टरिङ्ग महेश्वर मान राजभण्डारीले गर्नुभएको हो।प्रकाश भट्टको निर्देशनमा बनेको यस गीतमा हृत्तिक घिमिरे तथा आरति भण्डारी प्रमुख भुमिकामा देखिएका छन् ।

गल्छी तथा महेशदोभानको धार्मिक तथा पर्यटकीय क्षेत्र देख्न पाइने यस भिडियोले नेपाली दर्शकको मन जित्न सफल बनोस् भन्ने कामना गर्दछौं ।

प्रतिक्रिया

सम्बन्धित खवर