भोलि माघ २५ गते देखि फुटबल प्रतियोगिता सुरु हुने भएको छ । राप्ती नगरपालिका-५, स्थित शिखर राष्ट्रिय आधारभूत विद्यालयको खेल मैदानमा विश्वास स्मृति कप नाइन साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको हो । प्रतियोगिता आयोजना शिखरबस्ती युवा क्लबले गर्न लागेको हो ।

प्रतियोगितामा २० वटा टीमको सहभागिता रहने कार्यक्रम संयोजक तथा क्लबका अध्यक्ष सुभाष पुरीले बताए । खेल विकास गरि युवाहरुमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको उनले बताए । अनुमानित ३ लाख लागतमा प्रतियोगिता आयोजना गर्न लागिएको पनि उनले बताए ।

प्रतियोगितामा प्रथम हुने टीमले ५० हजार रकम सहित ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । त्यस्तै द्वितीय हुने टीमले ३० हजार रकम सहित ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता भर उत्कृष्ट गोलरक्षक र गोलकर्तालाई ५/५ हजारको पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको सहयोगी संस्थाको रुपमा शिखर राष्ट्रिय आधारभूत विद्यालय, भण्डारा शिखरबस्ती खानेपानी र श्री शिखर सामुदायिक वन रहेका छन् । त्यस्तै संरक्षकको भुमिकामा राप्ती नगर खेलकुद समिति रहेको छ भने प्रतियोगिताको समन्वय राप्ती-५ ले गरेको छ । प्रतियोगिताको मेडिकल पार्टनरको रुपमा मनकामना फर्मा रहेको छ ।

प्रतियोगिताको उद्घाटन खेल शिवपुरी एफ.सी. र आयोजक बीच हुनेछ भने फागुन ७ गते फाइनल खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर